शनिबार, वैशाख १५, २०८१

लोकसेवा विधेयक पास

नेपालखोज २०७६ पुष १३ गते १७:११

१३ पुस, काठमाडौँ। लोकसेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७६ सर्वसम्मत पास भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको आईतबार बसेको बैठकले विधेयक पास गरेको हो । अब विधेयक र प्रतिवेदन संसदमा पठाईने छ ।

यस विधेयक माथिको छलफलमा पनि सत्तापक्ष र प्रतिपक्षका सांसद दुई किस्सामा बाँडिएका थिए । छलफलका क्रममा लोकसेवाका कर्मचारी सरुवा गर्दा उसको सहमति लिनुपर्ने विद्यमान व्यवस्था हटाउने सहमति भएको थियो । तर प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसदहरुले त्यसमा असहमति जनाएका थिए ।

यसबारे संवैधानिक आयोगका कर्मचारीहरुको सरुवा सम्बन्धी व्यवस्था संघीय निजामती विधेयकमा राख्ने गरी यो विधेयकबाट हटाइएको छ ।यस्तै आर्थिक स्वायत्तताको सवालमा पनि विविध शीर्षक अन्तरगत आउने बजेटमा एक पटक कार्यविधि बनाएर अर्थ मन्त्रालयको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया