शुक्रबार, वैशाख १४, २०८१

एमसीसी सम्झौता संसदबाट पारित गर्न प्रधानमन्त्री ओलीको निर्देशन

नेपालखोज २०७६ पुष १३ गते १७:५३

१३ पुष, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौता सम्बन्धी विधेयक जसरी पनि संसदबाट पारित गर्ने अडान लिनुभएको छ ।

स्रोतका अनुसार आजको बालुवाटारको सचिवालय बैठकमा नेकपाका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले एमसीसी नेपालको हितमा भएकाले जसरी पनि त्यसलाई पास गर्नु पर्ने निर्देशन दिएपछि त्यसलाई तत्काल अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि अनुमोदन गर्नुभएको बताइएको छ ।

अध्यक्षद्धयको यो अडानपछि संसदीय दलका सदस्यहरुका लागि ह्वीप अवज्ञा गरी संसद सदस्यता खतरामा पार्नु या पार्टी नेतृत्वको चाहना अनुसार त्यसका पक्षमा मत दिनु बाहेक अन्य विकल्प छैन् ।

प्रतिक्रिया