शुक्रबार, वैशाख ७, २०८१

सभामुख र राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारबारे निर्णय गर्न नेकपा सचिवालय बैठक बस्दै

नेपालखोज २०७६ पुष १६ गते १४:१०

१६ पुस, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बिहीबार (भोली) बस्ने भएको छ । बैठक बेलुका ४ बजेका लागि बोलाइएको छ ।

महासचिव विष्णु पौडेलका अनुसार भोलीको बैठकले सभामुखको उम्मेदवार चयन र राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारबारे निर्णय गर्ने छ ।

यस अघि मंगलबार प्रधानमन्त्री केपी ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सभामुखको उम्मेदवार छनोट गर्न छलफल भएपनि सहमति हुन सकेन । मंगलबारको प्रयास असफल भएपछि विहीबार थप छलफलकालागि बैठक बोलाइएको हो ।

प्रतिक्रिया