शुक्रबार, वैशाख १४, २०८१

सिर्जना फाइनान्सको बोलपत्र आज खोलिदैं

नेपालखोज २०७६ पुष १७ गते ९:११

१७ पौष, काठमाडौं । सिर्जना फाइनान्स लिमिटेडको अवतिरित हकप्रद शेयरको लागि परेको बोलपत्र बिहीवार (आज) बिहान १० बजे सनराइज क्यापिटलको कार्यालय, कमलपोखरी, काठमाडौंमा खोलिने भएको छ ।

कम्पनीले हकप्रद निष्कासन गर्दा नबिकेको संस्थापक समूहतर्फको २ लाख ८ हजार ५२३ कित्ता शेयर र सर्वसाधारण समूहको १ लाख १२ हजार २१९ कित्ता गरी कुल ३ लाख २० हजार ७४२ कित्ता शेयरका लागि पुस ७ गतेदेखि १४ गतेसम्म बोलकबोल प्रकृयाद्वारा आवेदन माग गरेको थियो ।

यसअघि कम्पनीले असोज १७ गतेदेखि मंसिर ६ गतेसम्म हकप्रदमा आवेदन माग गरेको थियो । उक्त हकप्रदमा पूर्ण आवेदन नपरेपछि कम्पनीले लिलाम बढाबढको माध्यमबाट शेयर विक्री गरेको थियो ।

प्रतिक्रिया