बिहीबार, वैशाख १३, २०८१

नेकपाले आजै सभामुख छान्छ — प्रचण्ड

नेपालखोज २०७६ पुष १७ गते १४:४२

१७ पुस, चितवन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको सभामुख चयन विहिबार (आजै) हुने बताएका छन् ।

नेपाल कृषि सहकारीको साधारणसभा उद्घाटन गर्न चितवन पुगेका दाहालले सभामुख चयनको बिषय आजै सम्भवत टुङ्गो लाग्ने बताएका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सहकारीले उत्तपिडनमा रहेका व्यक्तिहरुको विकासमा सघाउ पु¥याउने बताए ।

उनले आफु पनि कृषक परिवारबाट हुर्केको भन्दै सहकारी आन्दोलनमा आफ्नो ऐक्बद्धता रहेको बताए । विकास निर्माण र समृद्धिको यात्रामा जनताको हातमा रहेको समेत उनले उल्लेख गरे ।

संविधानको आर्थिक विकासको लागि तीन खम्बे नीति तयार गरेको बताउँदै उनले त्यसले समाजवाद उन्मुख राज्य स्थापित गर्नको लागि सरकारले घोषणा समेत गरेको जिकिर गरे ।

प्रतिक्रिया