शनिबार, वैशाख ८, २०८१

पृथ्वीनारायण शाहको फौज हिँडेको बाटोमा शुक्रबारदेखि सेनाको पदयात्रा

नेपालखोज २०७६ पुष १७ गते १७:३०

१७ पुस, काठमाडौँ । गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहको फौज हिँडेको बाटोमा नेपाली सेनाले पदयात्रा गर्ने भएको छ । भोली (शुक्रबारदेखि) गोरखा दरबारमा कार्यक्रम गरी गोरखास्थित सेनाको रणसिं दल गणले पदयात्रा सुरू गर्न लागेको हो ।

गोरखाबाट सेना, जनप्रतिनिधि, नागरिक समाज र पत्रकारको पदयात्री टोलीले धादिङ –नुवाकोट हुँदै काठमाडौंसम्म यात्रा गर्नेछन्। रणसिं दल गणका गणपति उज्ज्वल केसीका अनुसार ऐतिहासिक पर्यटन प्रवर्द्धन र नेपाल भ्रमण वर्ष २०२० को अवसरमा यो पदयात्रा गर्न लागिएको हो ।

गोरखाको सेनाले धादिङ र नुवाकोटले काठमाडौंका सेनालाई सीमाबाट पदयात्रा गर्ने कार्यक्रम हस्तान्तरण गर्नेछन्। गोरखादेखि काठमाडौंसम्म करिब एक सय १२ किलोमिटर बाटोलाई ऐतिहासिक पदयात्राको रूपमा विकास गर्न लागिएको छ ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा र्पुयाएको योगदानको सम्मानस्वरूप ‘एकीकरण टर्चर्’ याली गर्न लागिएको हो ।

प्रतिक्रिया