आइतबार, जेठ ६, २०८१

सुनकाे मूल्य बढ्ने क्रम राेकिएन्, प्रतिताेला ९८ हजार २ सयमा काराेबार

नेपालखोज २०७७ साउन १३ गते ११:२३

काठमाडौं । साताको तेस्राे दिन मंगलबार सुन प्रतिताेला ९८ हजार २ सय रूपैयाँमा काराेबार भइरहेकाे छ । साेमबार  प्रतिताेला ९७ हजार ५ सय रुपैयाँमा काराेबार भएकाे सुन ताेलामा ७ सय रूपैयाँ बढेर सुनकाे भाउले नयाँ रेकर्ड कायम गरेकाे हाे ।

पछिल्लाे दिनमा सुनचाँदी दिनप्रति दिन बढ्दै गएकाे छ । त्यस्तै साेमबार ९७ हजार ६० रुपैयाँमा कारोबार भएको तेजावी सुन मंगलबार प्रतिताेला ९७ हजार ७ सय ६० रूपैयाँमा  बिक्री भइरहेको छ ।

साताको दास्राे दिन साेमबार १ हजार २ सय १०  रुपैयाँमा कारोबार भएकाे चाँदी मंगलबार १ हजार २ सय ४५ रूपैयाँमा काराेबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया