मंगलबार, चैत ६, २०८०

सप्ताहव्यापी रुपमा योग दिवस मनाइने

नेपालखोज २०७६ पुष १७ गते २१:०३

१७ पुष, काठमाडौं । सरकारले सप्ताहव्यापी रुपमा पाँचौँ योग दिवस मनाउने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथ प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा आज बसेको राष्ट्रिय योग दिवस तयारी मुल समारोह समितिको बैठकले आगामी माघ १ गतेदेखि सप्ताहव्यापी रुपमा योग दिवस मनाउने निर्णय गरेको हो ।

प्रत्येक माघ १ गतेलाई योग दिवसका रुपमा मनाइँदै आइएको छ । शिक्षासचिव महेशप्रसाद दहालको संयोजकत्वमा योग दिवस कार्यक्रम व्यवस्थापन उपसमिति गठन गरिएको मन्त्रालयका सहसचिव कृष्णप्रसाद काप्रीले जानकारी दिए । सो उपसमितिले विभिन्न संघ संस्थाको समन्वयमा साप्ताहिक कार्यक्रम तय गर्नेछ ।
सो अवसरमा शिक्षामन्त्री पोखरेलले योग दिवसलाई एक दिनमात्र नभएर अभियानका रुपमा लैजानुपर्ने बताए ।

प्रतिक्रिया