शुक्रबार, वैशाख ७, २०८१

मिर्मिरेको संस्थापक शेयर बिक्रीमा

नेपालखोज २०७६ पुष १८ गते १६:०५

१८ पुस, काठमाडौँ । मिर्मिरे लघुवित्त वितिय संस्थाको संस्थापक शेयरमा आवेदन खुल्ला भएको छ । मिर्मिरेको ४५ प्रतिशत बोनश शेयरको मुल्य समायोजन भएसँगै संस्थापक शेयरमा आवेदन खुल्ला भएको हो ।

नेप्सेले पुस १८ गते शेयरमुल्य समायोजन गरि ६२० रुपैँया प्रतिकित्ता कायम गरेको छ । साधारण सभा प्रयोजनका लागि पुस १८ गतेबाट शेयरधनी दर्ता किताब बन्द भएसँगै नेप्सेले बोनश शेयरमा मुल्य समायोजन गरेको हो ।

सस्थाको साधारण सभा पुस २८ गते हुँदैछ । मिर्मिरेले आफना लगानीकर्तालाइ ४५ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजन सहित २।३७ प्रतिशत नगद लाभांशको प्रस्ताव साधारण सभामा लैजाने छ ।

यस्तै लघुवित्तले संस्थापक समुह तर्फको केही शेयर बिक्री गर्ने भएको छ । लघुवित्तका केही संस्थापक शेयरधनीहरुले आफनो नाममा रहेको संस्थापक शेयर बिक्री गर्न इच्छुक भएकोले आवेदन दिन सकिने भएको हो । उक्त शेयर खरिद गर्नको लागि लघुवित्तको केन्द्रिय कार्यलय बनेपा ८ काभ्रेपलान्चोकमा ३५ दिन भित्रमा आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया