बुधबार, वैशाख १२, २०८१

नेप्से ९ दशमलव १ अंकले घट्दा सूचक तथा कारोबार रकम दुवै घट्याे

नेपालखोज २०७८ साउन ५ गते १६:००

काठमाडौं । अघिल्लो दुई दिन उच्च अंकले बढेको नेप्सेले साताको तेस्रो कारोबार दिन आज मंगलबार भने निरन्तरता पाउन सकेन । अघिल्लो दिन झन्डै १४ अंकले बढेको नेप्से आज नौ दशमलव एक अंकले घटेर दुई हजार नौ सय ८५ दशमलव ५७ अंकमा झरेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ८३ अंकले घटेर पाँच सय ५८ दशमलव १२ अंकमा पुगेको छ ।

नेप्सेमा आज कुल दुई सय १९ वटा कम्पनीहरुको ८४ हजार चार सय ६८ पटकको कारोबारमा तीन करोड १६ लाख आठ हजार एक सय ९३ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम सात अर्ब ८९ करोड ७५ लाख ९४ हजार दुई सय ६९ रुपैयाँ पाँच पैसा पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकोमा आठवटा समूहको सूचक घटेका छन् भने पाँचवटा समूहको सूचक बढेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव ७४ अंकले घटेर दुई हजार ६७ दशमलव ४८ अंकमा झरेकोमा निर्जीवन बिमा समूहको सूचक पनि एक सय ८८ दशमलव १६ अंकले घटेर १४ हजार तीन सय ८२ दशमलव २९ अंकमा झरेको छ ।

जीवन बिमा समूहको सूचक पनि एक सय २६ दशमलव ९५ अंकले घटेर १७ हजार पाँच सय ९७ दशमलव १९ अंकमा झरेकोमा विकास बैंक, फाइनान्स, लगानी, लघुवित्त, र अन्य समूहरुको सूचक पनि घटेका छन् ।

जलविद्युुत समूहको सूचक भने ३५ दशमलव ८९ अंकले बढेर दुुई हजार नौ सय ७२ दशमलव ६६ अंकमा चढेकोमा होटेल तथा पर्यटन, उत्पादनमुलक, सामुहिक लगानी कोष र ट्रेडिङ समूहहरुको सूचक पनि बढेका छन् ।

आज लक्ष्मी उन्नती कोषको प्रतियूनिट सेयर मूल्य १० दशमलव चार प्रतिशतले बढेर १४ रुपैयाँ २५ पैसामा कारोबार हुँदा आईसीएफसी फाइनान्सको ऋणपत्रको प्र्रतियुनिट सेयर मूल्य छ दशमलव १७ प्रतिशतले घटेर ११ सय ८६ रुपैयाँमा प्रतियुनिट सेयर कारोबार भएको छ ।

यसैगरी आज अरुण कावेली पावर लिमिटेडको प्रतिकित्ता पाँच सय ३३ रुपैयाँ अन्तिम मूल्यमा ३८ करोड ७८ लाख २० हजार नौ सय ५८ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया