मंगलबार, वैशाख ४, २०८१

पाकिस्तानले नेपालबाट भन्यो – अन्तर्राष्ट्रिय समुदाय काश्मिरमा जनमतसङ्ग्रह गराउ

नेपालखोज २०७६ पुष २० गते १६:११

२० पुस, काठमाडौँ । पाकिस्तानले काश्मिरी जनताको आत्मनिर्णयको अधिकारको सम्मान गर्दै त्यहाँ जनमतसङ्ग्रह गराउन संयुक्त राष्ट्र सङ्घले गरेको प्रतिबद्धता कार्यान्वयनका निम्ति अन्तरराष्ट्रिय समुदायलाई आह्वान गरेको छ । आफ्नै कार्यकक्षमा आइतबार अन्तरसंवाद कार्यक्रम गरी नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले ७० वर्षअघि राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले पारित गरेको काश्मिरसम्बन्धी प्रस्ताव कार्यान्वयनमा विश्व समुदायले सघाउनुपर्नेमा जोड दिए ।

दक्षिण एशियाको शान्ति, स्थायित्व र विकासका लागि उक्त समस्या हल गर्नु अपरिहार्य भएको बताउँदै उनले बितेका पाँच महिनामा उक्त क्षेत्रका जनता आधारभूत सेवाबाट वञ्चित भएकाले त्यसनिम्ति अन्तरराष्ट्रिय समुदायको सहयोग आवश्यक भएको बताए । कार्यक्रममा पत्रकार ध्रुवहरि अधिकारी, राजनीतिक विश्लेषक सुरेन्द्र केसी, पत्रकार राजन कार्कीलगायतले वार्ता र संवादका माध्यमबाट समस्याको निकास खोजिनुपर्ने बताएका थिए। त्यसअघि पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले काश्मिरीहरूको आत्मनिर्णयको अधिकार दिवसका अवसरमा जारी गरेका सन्देश वाचन गरिएका थिए ।

प्रतिक्रिया