शुक्रबार, वैशाख ७, २०८१

अनुमति नलिएको कारण अष्ट्रेलियाकाे सिड्नीमा भ्रमण वर्षको र्‍याली गर्न रोक

नेपालखोज २०७६ पुष २२ गते ११:५७

२२ पुस, काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले नेतृत्व गरेको नेपाल भ्रमण वर्ष २०२० को र्‍याली निकाल्न सिड्नी प्रहरीले रोक लगाएको छ ।

मन्त्री भट्टराई, अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल लगायतका सहभागीहरु र्‍याली सुरु गर्न ठिक्क परेको बेला र्‍यालीका लागि अनुमति नलिएको भन्दै प्रहरीले राेक लगाएकाे स्राेतले बताएकाे छ ।

मन्त्री भट्टराई भ्रमण वर्षको अन्तरराष्ट्रिय शुभारम्भ गर्न अष्ट्रेलियाको सिड्नी पुगेका हुन् ।

प्रतिक्रिया