बुधबार, वैशाख १२, २०८१

दिनदिनै खानुस् भुटेको बदाम, स्वास्थ्यलाई हुनेछ अनेकौं फाइदा

नेपालखोज २०७६ पुष २४ गते ६:४३

काठमाडौं । बदाम खान मीठो हुन्छ अनि बदामलाई भिजाएर पछि भुटेर दिनदिनै खाँदा स्वास्थ्यसम्बन्धी अनेकौं समस्या पनि समाधान हुन्छ। दिनदिनै तीनवटा भुटेको बदाम खाँदा रक्तचाप र मोटोपन नियन्त्रणमा रहन्छ। यसमा भएको मिनरल, भिटामिन र फाइबरले दिमाग तीखो बनाउँछ अनि छाला पनि सुन्दर हुन्छ।

स्वस्थ एन्जाइम
भुटेको बदाम खाँदा अक्सिजनलाई शरीरसम्म पु–याउने एन्जाइम स्वस्थ रहन्छ। दिनदिनै खाली पेट भुटेको बदाम खाँदा शरीरलाई फाइदा पुग्छ।

पोषक तत्त्व
बदामले शरीरमा पोषक तत्त्वहरूलाई सोस्न मद्दत गर्छ। यसमा भएका मिनरलहरूले शरीरमा पोषण बढाउँछन्।

रोगप्रतिरोधक क्षमतामा वृद्धि
बदाममा भएका एन्टीअक्सिडेन्टले शरीरलाई अनेकौं रोगबाट सुरक्षित राख्छ।

पाचनतन्त्र
बदामले पाचनप्रणालीलाई पनि ठीक राख्छ । यसले एन्जाइमलाई सक्रिय बनाएर पाचन बलियो बनाउँछ ।

मुटु
शरीरमा कोलेस्ट्रोल बन्न पाउँदैन बदामको सेवन गर्दा । यसमा भएका गुणहरूका कारण मुटुरोग लाग्न पाउँदैन ।

यसरी भुट्नुस् बदाम
सबभन्दा पहिला दुई कप पानी उमाल्नुस् । त्यसपछि पानीलाई एउटा भाँडोमा खन्याएर त्यसमा तीनवटा बदाम राख्नुस् ।

त्यो पानीमा बदाम रातभरि भिजाउनुस् ।त्यो बदाम भोलिपल्ट निकालेर पाँच मिनेटसम्म भुट्नुस्।यस्तो भुटेको बदाम खाँदा स्वास्थ्य राम्रो हुन्छ।

प्रतिक्रिया