शुक्रबार, चैत १६, २०८०

गाँजासहित २ जना भारतीय नागरिक पक्राउ

नेपालखोज २०७६ पुष २४ गते ११:२२

२४ पुष, हेटौंडा । मकवानपुर प्रहरीले भारतीय नम्बर प्लेटको कारमा लागू औषध तस्करी गर्ने २ जनालाई पक्राउ गरेको छ ।
मकवानपुरको मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको बीआर–०१–सीएम ६२४६ नम्बरको कारमा लुकाएर राखिएको लागू औषध गाँजा १० किलो १ सय ८० ग्रामसहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कार चालक सर्लाहीको हरिपुर नगरपालिका–९ घर भएका २४ वर्षी रंजित कुमार गुप्ता र कारमा सवार सर्लाहीको हरिपुर नगरपालिका–९ बस्ने ३१ वर्षी बालकृष्ण गुप्ता छन् ।

प्रहरीले गाँजासहित पक्राउ परेकाहरुलाई हिरासतमा लिइ थप अनुसन्धान अगाडि बढाएको छ । प्रहरीले शनिबार राति पनि भारतीय नम्बर प्लेटको कारमा लागू औषध गाँजा तस्करी गर्ने २ जनालाई पक्राउ गरेको थियो ।

मकवानपुर प्रहरीले बुधबार अपराह्न ४ बजेतिर मोटरसाइकलमा गाँजा तस्करी गर्ने अर्का १ जनालाई समेत पक्राउ गरेको छ ।

प्रतिक्रिया