शुक्रबार, वैशाख १४, २०८१

नेकपा संसदीय दलले प्रदेश ३ को स्थायी नाम र राजधानी टुङगो लगायो

नेपालखोज २०७६ पुष २५ गते १५:४५

२५ पुस, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ को संसदीय दलले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा शुक्रबार बसेको संसदीय दलको बैठकले पार्टी सचिवालयको निर्देशनअनुसार यस्तो निर्णय गरेको हो । नेकपाको सचिवालयले नाम वाग्मती र राजधानी हेटौंडा राख्न निर्देशन दिएको थियो । तर, सचिवालयको निर्देशनप्रति असन्तुष्ट सांसदहरुले आफ्नो फरक मत दर्ज गरेका छन् ।

अब प्रदेशको नाम र राजधानीका विषयमा नेकपाले प्रदेशसभामा एउटा मात्र प्रस्ताव दर्ता गराउनेछ । नेकपा संसदीय दलका नेतासमेत रहेका प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भने फलोर क्रस गर्ने र अर्को प्रस्ताव दर्ता हुने सम्भावना नरहेको जनाएका छन्।

पार्टीको निर्णय अनुसार सबैले काम गर्नु पर्ने उनले बताए । तर यो निर्णयसँग नेकपाकै केही नेताहरु पहिलेदेखिनै असहमत हुँदै आएका छन् ।

प्रतिक्रिया