बुधबार, वैशाख १२, २०८१

विशेष राहत कोष खडा गर्ने प्रतिवद्धता सहित अच्चुत गुरागाइँको प्यानल सार्वजनिक

नेपालखोज २०७६ पुष २५ गते १६:३९

२५ पुष, काठमाडौ । आगामी साता हुन गईरहेको नाट्टा निर्वाचनका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष अच्चुत गुरागाइँ नेतृत्वको नामावली सार्वजनिक गरेका छन् । अच्चुत गुरागाइँ समूह निर्वाचन प्रचार प्रसार समितिले पत्रकार सम्मेलन मार्फत १५ सदस्यीय कार्यसमितिका लागि १३ बुँदे घोषणापत्र सहितउम्मेदवारहरुको नामावाली सार्वजनिक गरेको हो ।

आगामी निर्वाचनका लागि अध्यक्ष पदका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष अच्चुत गुरागाइँ अध्यक्षका रुपमा उम्मेदवारी दिएका छन् । त्यस्तै वरिष्ठ उपाध्यक्षका लागि हेमराज वास्तोला, उपाध्यक्षका लागि यज्ञमूर्ति आचार्य, महासचिवका लागि राकेश धमला, सचिवमा गोविन्द दाहाल, कोषाध्यक्षमा कुमारमणि दाहाल र सह कोषाध्यक्षका लागि पासाङ दावा शेर्पाले उम्मेदावारी दिएका छन् । त्यस्तै सदस्य पदका लागि परशुराम घिमिरे, नमराज भेटवाल, रमेश थापाले उम्मेदवारी दिएका छन् ।

नाटा सदस्यहरुलाई कुनै पनि बेला पर्ने आकस्मिक समस्यालाई समाधान गर्न राहत कोष खडा गरी कार्यविधिका आधारमा कोष सञ्चालन गर्ने विशेष कार्य योजना सहित गुरागाइँ समूह निर्वाचनमा होमिएको हो । पटक पटक विभिन्न पदमा रही काम गरिसकेका गुरागाइँले कतिपय राम्रा काम गर्नका लागि प्रमुख पदमा रहनु पर्ने वाध्यत्मक अवस्थाका कारण पनि आफूले अध्यक्ष पदमा उम्मेवारी दिएको बताए । आफूले सोचे अनुरुपको नाट्टा निर्माण गर्नका लागि काम गर्न नपाएकोले पनि अध्यक्ष भए पश्चात सम्पूर्ण व्यवसायीहरुको साथै लिएर आफू अगाडि बढ्ने उनले बताए ।

नाट्टा संस्थामात्र नभएर आफ्नो घरजस्तो भएको बताउँदै अध्यक्ष प्रत्यासी गुरागाइँले दुई वर्षको कार्यकालमा नेपालको पर्यटकीय क्षेत्रमा पहिनाच गरी त्यसको प्रचार प्रसार गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

सरकारले सन् २०२० लाई भ्रमण वर्ष मनाईरहेको सन्दर्भमा आफूहरुले त्यसको लागि मेहनत गरी काम गर्न सके मात्र त्यसको प्रतिफल आगामी १० वर्षसम्म पाउने भएकाले उनले पर्यटक व्यवसायमा काम गरिरहेकाहरुलाई आफू सँधै पर्यटन क्षेत्रको विकासमा र सो क्षेत्रमा देखिएका समस्या समाधान गर्न लागि पर्ने समेत बताएका थिए । पत्रकार सम्मेलनमा नाटाका अध्यक्ष सिएन पाण्डे पुर्व अध्यक्षहरु भोला थापा, ध्रुव नारायण श्रेष्ठ,राम काजी कोनेको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया