एनएमबि बैंकको अध्यक्षमा पुनः निर्वाचित गोल्याणले गभर्नरबाट शपथ लिए
नेपालखोज
२०७६ पुष २७ गते १८:२७
२७ पुस काठमाडौँ । पवनकुमार गोल्याणले एनएमबि बैंकको संचालक समिति अध्यक्षको पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर श्री चिरञ्जिवी नेपालले उनलाई सपथ ग्रहण गराएका हुन् ।
गोल्याण नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेल, ललितपुरमा बिहिबार सम्पन्न एनएमबि बैंक लिमिटेडको २४औँ वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीको प्रतिनिधिका रुपमा चयन भएका थिए ।
हाल एनएमबी बैंकको सञ्चालक समितिमा अध्यक्ष पवन कुमार गोल्याण, एफएमओको तर्फबाट संस्थापक शेयरधनी नीको पिल, कर्मचारी संचय कोषको तर्फबाट संस्थापक शेयरधनी राजेन्द्र काफ्ले, सर्वसाधारण शेयरधनीबाट शिरिष कुमार मुरारका, योगेन्द्र लाल प्रधान र उत्तम भ्लोन तथा स्वतन्त्र सञ्चालक प्रदिप राज पाण्डे रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया