शुक्रबार, वैशाख १४, २०८१

राष्ट्र बैंकद्वारा देशको बर्तमान आर्थिक अवस्था सम्वन्धी प्रतिवेदन सार्वजनिक

दुुई महिनामा एक खर्ब ७८ अर्बको आयात हुुँदा व्यापार घाटा एक खर्ब ५८ अर्ब

नेपालखोज २०७७ कार्तिक ५ गते २१:५४

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको बर्तमान आर्थिक तथा बित्तीय अवस्था सम्वन्धी दुुई महिनाको प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र बैंकद्धारा आज सार्वजनिक गरिएको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७÷७८ को दुई महिनामा कुल वस्तु आयात २२ दसमलव एक प्रतिशतले घटेर एक खर्ब ७८ अर्ब ८५ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक दसमलव दुुई प्रतिशतले घटेको थियो ।

आयातततर्फ नेपालगञ्ज, कृष्णनगर र कैलाली भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ । आर्थिक वर्ष २०७७÷७८ को दुई महिनामा वस्तु व्यापार घाटामा सुधार आएको छ । यस्तो घाटामा २४ दसमलव नौ प्रतिशतले कमी आई एक खर्ब ५८ अर्ब ४० करोड कायम भएको छ । आर्थिक वर्ष २०७७÷७८ को दुई महिनामा कुल वस्तु निर्यात १० दसमलव ५ प्रतिशतले वृद्धि भई २० अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २५ दसमलव नौ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ १८ दसमलव सात प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्फ क्रमशः ५४ दसमलव नौ प्रतिशत र दुई दसमलव नौ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा आयुर्वेदिक औषधी, चाउचाउ, जडिबुटी, जुटका सामान, पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जुस, लत्ताकपडा, जस्तापाता लगायतका वस्तुको निर्यात घटेको छ । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६ दसमलव पाँच प्रतिशत, ४० दसमलव एक प्रतिशत र २३ दसमलव छ । प्रतिशतले घटेकोे छ । वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा, खाने तेल, कोइला लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जा, तयारी पोशाक, कच्चा पाम तेल लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ वीरगञ्ज, भैरहवा, विराटनगर, नेपालगञ्ज, मेची, कृष्णनगर र कैलाली भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा तीन दसमलव एक प्रतिशतले ह्रास आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ११ दसमलव चार प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ दसमलव एक प्रतिशत रहेको थियो ।

प्रतिक्रिया