शुक्रबार, वैशाख १४, २०८१

हाेसियार मुटु सुन्निएर ज्यान नै जान सक्छ !

नेपालखोज २०७६ पुष २९ गते ६:३०

मुटु सुन्निएर ज्यान नै जान सक्छ । तर, मुटु पनि सुन्निएला र ज्यान जाला भन्ने कमैले सोचेको हुन सक्छ । चस्किनु र ढुकढुक हुनु मात्रै मुटुको समस्या हो भन्ने सोचाइ अधिकांशको हुन्छ । तर, मुटु सुन्निनु पनि गम्भीर समस्या हो । मुटु सुन्निँदा देखिने लक्षण र यसले निम्त्याउने खतरा यस्ता छन् ।

कस्ता लक्षण देखिन्छन् ?
थोरै मात्रै हिँडे पनि निकै नै स्याँ–स्याँ भयो भने मुटु सुन्निएको लक्षण हुन सक्छ । फोक्सोमा समस्या भयो भन्ने अनुमान धेरैको हुन सक्छ, तर समस्या मुटु सुन्निएर भएको हुन सक्छ । सुन्निएर मुटुको आकार नै ठूलो भएको अवस्थामा यस्तो लक्षण देखिन्छ । मुटु धेरै नै सुन्निएपछि र केही दिनपछि हातगोडा पनि सुन्निने, पेट फुल्ने, पूरै शरीर नै फुल्नेजस्ता लक्षण देखिन्छन् । त्यसो त अधिकांशलाई धेरै वर्षसम्म पनि यसको लक्षण नै देखिँदैन ।

प्रतिक्रिया