बुधबार, वैशाख १२, २०८१

आफैसँग इमानदार र सत्यको स्वीकार 

नेपालखोज २०८० जेठ १५ गते ५:५४

आरामलाई चार्जरका रूपमा प्रयोग : सफल व्यक्तिहरूले रचनात्मक ऊर्जाका लागि आरामलाई चार्जरका रूपमा प्रयोग गर्छन् । कतिपय सफल व्यक्ति पाँचदेखि छ घण्टाको निन्द्रालाई पर्याप्त मान्छन् तर दिनमा तीनदेखि चार पटक सुत्दा धेरै सफल र ताजा महसुस गर्ने व्यक्तिहरू पनि छन् ।

लियोनार्दो द भिन्चीको एउटा प्रख्यात कुरा के हो भने उनी हरेक चार घण्टामा करिब बिस मिनेट सुत्थे ।

हासिल गर्न सकिने लक्ष्य नै कडा परिश्रमको लायक हुन्छ 

ठुलो लक्ष्य प्राप्त गर्न, ठुलो प्रयास आवश्यक छ । कहिलेकाहीँ यसका लागि वर्षौँको कडा परिश्रम र तयारीको आवश्यकता हुन सक्छ। हरेक क्षेत्रमा पहिले मूल्य चुकाउनु पर्छ । जबसम्म हामी असाधारण रूपमा प्रतिभाशाली हुँदैनौ तबसम्म आफैसँग इमानदार रहनुपर्छ र के स्वीकार गर्नुपर्छ भने यदि कुनै लक्ष्य प्राप्त गर्न लायक छ भने त्यो धैर्य र कडा परिश्रम लायक पनि छ।

प्रशंसा गर्दा सम्बन्ध सुमधुर हुन्छ : प्रशंसा सुन्ने चाहना मानव स्वभावको सबैभन्दा गहिरो चाहना हो। हामी प्रायः हाम्रो सफलतालाई सम्भव बनाउने मानिसहरूको प्रशंसा गर्न बिर्सन्छौँ । हामीमा प्रशंसाको सट्टा आलोचना गर्ने चीजहरू खोज्ने प्रवृत्ति छ । सम्मान देखाउँदा सम्बन्ध सुधार मात्र हुँदैन सहयोग र गठबन्धनको भावना पनि सृजना हुन्छ ।

जहाँ उत्तरदायित्व त्यहाँ विकास : जिम्मेवारी शक्ति विकसित गर्ने ठुलो विधि हो । जहाँ जिम्मेवारी हुन्छ त्यहाँ विकास हुन्छ । जिम्मेवार पदहरूमा नहुनेहरू आफ्नो वास्तविक क्षमता विकास गर्न असफल हुन्छन्। उनीहरूलाई आफ्नै लागि योजना बनाउन कहिल्यै प्रोत्साहन हुँदैन, त्यसैले उनीहरूमा मौलिकता, स्वतन्त्रता, आत्मनिर्भरता, साहस तथा सहन शक्ति विकसित हुन पाउँदैन।

प्रतिक्रिया