बिहीबार, वैशाख १३, २०८१

अजयको ‘तान्हाजी’ले बक्स अफिसमा ‘छपाक’ लाई पछि पा¥यो

नेपालखोज २०७६ पुष २९ गते ७:५२

एजेन्सी । शुक्रबारबाट प्रर्दशनमा आएको दीपिका पादुकोणको ‘छपाक’ लाई सोही दिन प्रदर्शनमा आएको अजय देवगनको ‘तान्हाजी’ले बक्स अफिसमा पछारेको छ ।

दुई दिनमा दुवै फिल्मले राम्रो ओपनिङ गरे पनि कलेक्सनका हिसाबले भने तान्हाजीले छपाकलाई उछिनेको हो । धेरै सो पाएकाले अजयको तान्हाजीले दीपिकाको छपाकभन्दा तीन गुना बढी कलेक्सन गरेको हो । दीपिकाको छपाकले रिलिजको दिन चार करोड ७७ लाख भारु र अजयको तान्हाजीले ६ करोड ९० लाख भारु कलेक्सन गरेको थियो ।

मेघना गुलजार निर्देशित छपाक एसिडपीडित सर्भाइभर लक्ष्मी अग्रवालको जिन्दगीमाथि आधारित फिल्म हो । तान्हाजीमा अजय देवगनको साथमा काजोल, सेफ अली खान, ल्युक कैनी, शरद केलकरको अभिनय छ । फिल्मले दोस्रो दिन शनिबार २० करोड ५७ लाख भारु कमाएको छ ।

तान्हाजीलाई भारतमा तीन हजार आठ सय ८० स्क्रिन प्राप्त भएको छ । ओभरसिजमा यो फिल्मलाई ६ सय ६० स्क्रिनमा प्राप्त भएको छ । फिल्म संसारभर चार हजार पाँच सय ४० स्क्रिन पाएको छ । त्यस्तै छपाकले भारतमा एक हजार सात सय स्क्रिन पाएको छ । ओभरसिजनमा यो चलचित्रले चार सय ६ण् स्क्रिन पाएको छ ।

प्रतिक्रिया