शुक्रबार, वैशाख १४, २०८१

सलमानः घरमा लुगा राख्ने ठाउँ छैन, उनका रमाइला अनि रोचक कुराहरु

नेपालखोज २०७६ मंसिर ११ गते ११:०१

सलमान खान बलिउडको सुपरस्टार हुन् यसमा दुईमत छैन् । उनी आफ्नै मिहेनतले सफल भए र बलिउडको दोस्रो महङ्गा नायक बन्न पुगे । सुरुवाती दिनहरुमा शरिरको बनावटका कारण दर्शको प्रिय बन्न पुगेका सलमानको फिल्मी यात्राका क्रममा निकै उतारचडावका आए तर त्यसका बावजुत  पनि सम्रगमा उनी निकै सफल कलाकार बनेँ ।

उनी कहिले प्रेमीकाको कारणले त कहिले शाहरुख खान र रणविर कपुरसँगको झगडा त कहिले कारले च्यापेर मान्छे मारेको विविदमा आइरहेका सलमान कालो हरिण मारेको विवादबाट पनि चोखिन पाएका छैनन् । अर्थात उनी अझै पनि विवादमै अल्झिरहेका छन् । यिनै सलमानको बारेमा केही रोचक र रमाइला कुराहरु ।

१. सलमान खानको वास्तविक नाम अबदुल सलिम सलमान खान हो ।
२. सलमान खानले मात्र १२ कक्षा पास गरेका छन् ।
३. सलमानको पहिलो फिल्म ‘बीबी हो तो ऐस’ हो ।
४. सलमान खान बलिउडकोे पहिलो नायक हुन जस्को ४ फिल्मले भारत भित्र मात्रै ३ सय करोड भन्दा बढी व्यापार गरेको छ ।
५. सलमान खान बलिउडको दोस्रो महङ्गो नायक हुन् ।
६. सलमान खानले चन्द्रमुखी, भिर, र बागी फिल्मको कथा आफैंले लेखेका हुन् ।
७. फिल्म बिरगतिको सुटिङ्गको समयमा फाइटको सुटिङ्ग चलिरहेको थियो । एक फाइटरको दुर्घटनामा परेर ठुलो चोट लाग्यो । उनलाई सलमानले नै अस्पताल लागे र त्यसको सबै खर्च आफैले व्यहोरे ।
८. सलमान खानले पहिलो फिल्मको पारिश्रमिक बापत ७५ रुपैँया लिएका थिए ।
९. बलिउडको सुपरस्टार अथवा दोस्रो महङ्गो नायक भए पनि सलमान खानको आफ्नै घर छैन । उनि परिवारसँगै फाल्टमा बस्छन् । सानो ठाउँ भएको कारण उनको लुगा, जुक्ता राख्न समस्या परेको उनी आफैँ बताउछन् ।
१०. सलमान खानले हालसम्म २५ फिल्ममा गेस्ट अपीरियंस दिएका छन् । यो बलिउडकै इतिहास हो ।
११. सलमान खानले आफ्नो तीस बर्षको फिल्मी यात्रामा वेस्ट एक्टर अर्वाड पाउन सकेका छैनन् ।

प्रतिक्रिया