बिहीबार, वैशाख १३, २०८१

गजल गायक निशान भट्टराईको कार दुर्घटनामा परि मृत्यु

नेपालखोज २०७६ पुष २९ गते ८:३७

२९ पुस, काठमाडौं । कार दुर्घटनामा परि गायक निशान भट्टराईको मृत्यु भएको छ । दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट घर फर्कने क्रममा आफैंले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका भट्टराईलाई लगत्तै उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो । उनको ट्रमा सेन्टर मै बिहान ४ बजे निधन भएको हो ।

दुर्घटनामा घाइते भट्टराईलाई ट्रमा सेन्टरमा उपचारका लागि लगिए पनि चिकित्सकले उनलाई मृत घोषित गरेको संगीतकार मिलन मोक्तानले जानकारी दिए ।

भट्टराई ४० को दशकको अन्त्यतिर उदाएका गायक हुन् । खासगरी गजल गायकीका कारण उनी चर्चित थिए । स्टेजसँगै होटल रेस्टुरेन्टहरूमा उनले गजल गाउँदै आइरहेका थिए । धरान स्थायी ठेगाना भएका भट्टराई गायिका लोचन भट्टराईका भाइ हुन् ।

प्रतिक्रिया