शुक्रबार, वैशाख ७, २०८१

धनगढीमा युवा समूहबीच झडप, अस्पतालमा पनि तोडफोड

नेपालखोज २०७६ माघ २ गते ९:०८

२ माघ, कैलाली । धनगढीमा बुधबार राति युवा समूहबीच झडप भएको छ । राति साढे १० बजे धनगढी उपमहानगरपालिका १ अस्पताल लाइनको मुख्य बजार क्षेत्रमै युवाहरूको समूहबीच झडप भएको हो ।

प्रहरीका अनुसार युवाहरूको एक समूहले धनगढी १ अदालत रोडका २३ वर्षीय समीर तियालीमाथि सांघातिक आक्रमण गरेपछि झडप भएको हो । आक्रमणबाट तियाली घाइते भएका छन् ।

उनलाई उपचारका लागि कोहलपुर लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले बताए । उनीमाथि आक्रमण गर्ने दुई जनालाई राति नै पक्राउ गरिएको बस्नेतले जानकारी दिए ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका ५ बस्ने २२ वर्षीय चन्द्र भाट र २१ वर्षीय शुभम शाह रहेको बस्नेतले बताए । झडपका क्रममा धनगढीको मुख्य सडकमै रहेको कैलाली अस्पतालमा पनि तोडफोड भएको छ ।

अस्पतालका सञ्चालक जनकराज जोशीले झडपकै क्रममा ढुङगामुढा गरेपछि अस्पतालमा पनि क्षति भएको बताए ।

प्रतिक्रिया