बिहीबार, वैशाख १३, २०८१

ओली र दाहालको छलफलकाविच फेरि आइन् तुम्बाहाम्फे

नेपालखोज २०७६ माघ २ गते १६:११

२ माघ, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल पुन छलफलमा जुटेका छन् । गएको आइतबारदेखि संवादहीनता अवस्थामा रहेका नेकपाका दुई अध्यक्षले आईतबार भने प्रधानमन्त्री निवास वालुवाटारमा बसेर छलफल गरे । उनिहरुविच प्रतिनिधि सभाको सभामुख चयनको विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

स्रोतका अनुसार सभामुखका लागि उम्मेदवारका विषयमा छलफल भएपनि कस्लाई उम्मेद्वार बनाउने भन्ने विषयमा छलफलले प्रवेश पाउन सकेन । बरु उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेलाई राजिनामा दिन लगाउने कुरामा दुई अध्यक्षविच छलफल भयो ।

नेकपाका अध्यक्षहरुले उपसभामुख तुम्बाहाम्फेको राजिनामाका उपाय खोजी रहँदा उपसभामुख भने गतिलो कारण विना आफु राजिनामा नदिने अडानमा छिन् । उनले सभामुखमा आफ्नो पहिलो दाबी रहने समेत बताउँदै आएकी छिन् ।

प्रतिक्रिया