बिहीबार, वैशाख ६, २०८१

सूचना प्रविधिको प्रयोगबाट ठगी धन्दा मौलाउँदै, ठगीमा उच्च ओहोदाका व्यक्ति नै संलग्न

नेपालखोज २०७६ माघ ८ गते १३:४२

८ माघ, काठमाडौं । पछिल्लो समयमा बढ्दो सूचना प्रविधिसँगै इन्टरनेटको प्रयोगको फाईदा उठाउदै केही समुहले व्यवसायिक रुपमै ठगी धन्दा चलाउदै आएका छन् । विभिन्न नक्कली व्यक्ति तथा संस्थाहरुको नामबाट अकाउण्ट बनाई चिठ्ठा, उपहार, चन्दाअसुलीलगायत अन्य आर्थिक अपराध गर्नेको संख्यामा बृद्धि हुदै गएको नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले जनाएको छ । तर अपराध गर्नेमाथी सरकारी निकायबाट कारबाही गरेपनि अझै ठगीधन्दालाई सरकारले नियन्त्रण गर्न भने सकेको देखिँदैन ।

महानगरीय अपराध महाशाखाका अनुसार नेपाल प्रहरीमा दर्ता भएका उजुरीहरुमध्ये करिव ८० प्रतिशत उजुरी आर्थिक अपराधसँग जोडिएका छन् । कुल उजुरी मध्ये ८० प्रतिशत हिस्सा बैंकिङ कसुर, ठगी, अंशवण्डा विवाद, चोरीरडकैती, जबर्जस्ती चन्दारफिरौती असुल, चेक बाउन्स, उपहारलगायतका वित्तीय अपराधका घटनासँग सम्बन्धित रहेको सो उजुरीको अनुसन्धान गर्दै आएको छ ।

अपराध शाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार विभिन्न समयमा उच्चतहदेखि न्यूनतहसम्मका व्यक्ती, संस्थाको संलग्नता रहेको बताउछन् । प्रहरीका अनुसार वित्तीय अपराधबाट वार्षिक १८ देखि २० अर्ब रूपैयाँभन्दा बढी नोक्सान भएको दावीसहित संस्थागत र व्यक्तिगत रूपमा उजुरी पर्ने गरेको महाशाखाले जनाएको छ ।

बैंकरवित्तीय संस्थाको रकम हिनामिना, चेक बाउन्स, अवैध हातहतियार तथा लागूपदार्थ ओसारपसार, सुन तस्करी, विदेशी मुद्रा अपचलनदेखि अंशवण्डा र वैदेशिक रोजगारी ठगीका नाममा ठगी पछिल्ला दिनहरूमा हुने गरेका आर्थिक अपराध हुदै आएको अनुसन्धानबाट खुलेको महाशाखाका प्रमुख थापाको भनाई रहेको छ ।

आर्थिक लेनदेनमा पारिवारिक कलहमा बर्सेनि ठूलो संख्यामा उजुरी पर्ने गरेको छ । अपराध बढ्नुको मूल कारणलाई प्रहरीले गरिबी, प्रतिशोध, वैदेशिक रोजगारी, अंशवण्डा विवाद, छिट्टै सम्पत्ति आर्जन गर्ने अभिलाशा, असफल प्रेम, प्रविधिको दुरूपयोग, अरुको उक्साहट लगायत रहेको ठहरसमेत सो शाखाले गरेको छ । मुलुकभित्र विगत केही समयदेखि आर्थिक अपराध व्यापक रूपमा झांगिएसंगै प्रहरीले समेत आफ्नो सकृयता बढाएको छ ।

मुलुकमा हुन्डी कारोबार व्यापक रूपमा मौलाउन थालेपछि सीआईबी र प्रहरीका अन्य संयन्त्रहरू परिचालन गरि मुख्य हुन्डी कारोबारी पक्राउ गर्न थालेको देखिन्छ । तर पनि सोच अनुरुपम प्रतिफल प्राप्त गर्न सकेको देखिँदैन ।

प्रतिक्रिया