राजश्व असुलीमा शून्यता
नेपालखोज
२०७६ फागुन १३ गते १८:४६
रसुवा । कोरोना भाइरसका कारण रसुवागढी नाकाबाट सवारीसाधन आवतजावत बन्द भएपछि भन्सार राजश्व असुलीमा शून्यता छाएको छ । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार केरुङबाट सामान आयात बन्द भएपछि यही फागुन १ गतेबाट भन्सार राजश्व असुलीमा शून्यता आएको हो ।
रसुवागढी नाकाबाट गत माघ १५ गतेभित्र सामान बोकी नेपाल भित्रिएका सबै मालवाहक ट्रक तथा कन्टेनरको परीक्षण तथा भन्सार शुल्क असुल गर्ने काम गत माघ महिनामै सम्पन्न भइसकेको बताउँदै उहाँले हाल भन्सार हाता पूर्ण रुपमा खाली रहेको जानकारी दिए । रसुवागढी, केरुङ क्षेत्रमा सवारीसाधन र मानिससमेत आवतजावत बन्द भएपछि सरदर दैनिक रु तीन करोड भन्सार शुल्क असुलीमा शून्यता छाएको भन्सार कार्यालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया