शनिबार, वैशाख १३, २०८२

माइतीघर मण्डलामा अग्नि सापकोटा विरूद्ध प्रदर्शन

नेपालखोज २०७६ माघ ८ गते १७:१०

८ माघ, काठमाण्डौ । प्रतिनिधिसभाको रिक्त सभामुख पदका लागि उम्मेदवारी दिएका सत्तारूढ नेपाल कम्युनिष्ट नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटा विरूद्ध माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ।

नागरिक खबरदारी भन्दै काभ्रेका अर्जुन लामा हत्या आरोपी सापकोटाविरूद्ध प्रदर्शन गरिएको हो। हत्या घटनामा अनुसन्धानको क्रममा रहेका व्यक्तिलाई सभामुख बनाउन नहुने भन्दै उनीहरूले प्रदर्शन गरेका हुन्।

सापकोटाविरूद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ।

उनीमाथि २०६२ सालमा तात्कालिन माओवादीले अपहरणमा परेका काभ्रे छत्रेबाँझका अर्जुन लामाको हत्या गरेको आरोप छ।

अपहरण गरेर लगिएका लामाको शव दुई महिनापछि गाडिएको अवस्थामा काभ्रे बुढाखानीमा फेलापरेको थियो।

संवैधानिक इजलासले उनको मुद्दा हेरिरहेको छ।

प्रतिक्रिया