शुक्रबार, वैशाख ७, २०८१

उखु किसानको भुक्तानी नतिर्ने मिलको आर्थिक कारोबार रोक्का हुने

नेपालखोज २०७६ माघ ८ गते १८:१४

८ माघ, काठमाण्डौ । उखु किसानको रकम भुक्तानी नगर्ने तीन उखु मिलको आर्थिक कारोबार रोक्का हुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्नपूर्ण, इन्दिरा र लुम्बिनी सुगर मिल्सको आर्थिक कारोबार रोक्का गर्न आन्तरिक राजस्व विभागमा पत्राचार गर्ने निर्णय गरेको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले यसबारे जानकारी दिएकोहो। ती उद्योगहरु मन्त्रालयको सम्पर्कमा नआएकाले आर्थिक कारोबार रोक्का गर्ने तयारी भएको मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले बताए। उखु किसानसँग यी मिलले माघ ७ गतेभित्र सम्पूर्ण बक्यौता रकम बुझाउने सहमति गरेका थिए। यो सहमति मन्त्रालयको मध्यस्थतामा भएको थियो।

प्रतिक्रिया