शुक्रबार, जेठ ४, २०८१

नेपालको विश्वकप यात्राको छिनोफानो आज

नेपालखोज २०७८ फागुन १० गते ७:०१

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ‘ए’ को सेमिफाइनलमा नेपालले आज युएईको सामना गर्दैछ । ओमानको अल अमेरातमा नेपालले युएईको सामना गर्नेछ। नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

टी-ट्वान्टी विश्वकपमा छनोट हुने लक्ष्य बोकेको नेपालका लागि यस खेल महत्वपूर्ण रहेको छ । नेपाल आज युएईलाई हराउँदै फाइनल पुग्न चाहन्छ । युएई पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ । यस खेलले नेपालको विश्वकप यात्राको छिनोफानो गर्नेछ ।

यस खेलमा विजेता बन्दै फाइनल पुग्ने टोली अष्ट्रेलियामा आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपमा छनोट हुनेछन् ।

प्रतिक्रिया