शुक्रबार, वैशाख १४, २०८१

विष्णु सरस्वती फाउण्डेसनद्वारा कम्वल वितरण

नेपालखोज २०७६ माघ ९ गते १६:३१

९ माघ, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ३ मा रहेको सामाजिक संस्था विष्णु सरस्वती फाउण्डेसनले चिसोबाट प्रभावित बाराको महागढीमाई नगरपालिका वडा नं. ७ मुसहर बस्तीका नागरिकहरुलाई कम्वल वितरण गरेको छ ।

चिसोबाट प्रभावित मुसहर बस्तीका प्रत्येक घरलाई कम्वल वितरण गरेको थियो । १ सय ६५ थान कम्वल विष्णु सरस्वती फाउण्डेसनका प्रतिनिधिहरुले प्रभावित बस्तीमा नै गएर वितरण गरेका थिए । फाउण्डेसनका सदस्य एवं कार्यक्रमका संयोजक प्रितम कर्माचार्यको टोलीले ४ अपाङ्ग ७ एकल महिलाहरु थप कम्वल वितरण गरेको फाउण्डेसनले जनाएको छ ।

कार्यक्रममा कम्वल वितरण गर्दै शसस्त्र प्रहरी बल नेपाल नम्वर १२ बाहिनीका गणपति प्रहरी उपरिक्षक दिग्विजय सुवेदीले मुसहर बस्तीमा फाउण्डेसनले गरेको कार्यको प्रशंशा गर्दै चिसोबाट प्रभावितहरु निकै नै लाभान्वित भएको बताए ।

कार्यक्रममा फाउण्डेसनले स्थापनाकालदेखि नै शिक्षा, स्वास्थ्यका क्षेत्रमा सहयोग पु¥याउँदै आईरहेको र विपन्न वर्गका बस्तीहरुमा पुगेर विभिन्न सहयोग गर्दै आईरहेको संस्थाका सदस्य कर्माचार्यले बताए ।

प्रतिक्रिया