बिहीबार, चैत १५, २०८०

टेम्पु अनियन्त्रित भई पल्टिँदा एक महिलाको मृत्यु

नेपालखोज २०७६ माघ ९ गते १९:२७

झापा । सवारी दुर्घटनामा परेर झापा गौरीगञ्जकी एक महिलाको भारतमा मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–५ फत्तेपुरकी ३५ वर्षीया करिस्मा गनगाई रहेकी छिन् ।

गौरीगञ्जस्थित फत्तेपुरबाट टेम्पुमा सवार भएर आफन्तको घर जाने क्रममा भारतको टेढागाछ लालपानी भन्ने स्थानमा दुर्घटना हुँदा उनको मृत्यु भएको हो । दुर्घटनामा परी सोही वडाका बबिता गनगाईं र निलम गनगाई सामान्य घाइते भएका छन् । टेम्पु अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको थियो ।

मृतक गनगाईंको शव परीक्षणका लागि किसनगञ्ज अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक गणेश भट्टराईले बताए ।

प्रतिक्रिया