शनिबार, वैशाख २२, २०८१

नागढुङ्गा सुरुङमार्ग निर्माणको तयारी थालियो

नेपालखोज २०७६ माघ १८ गते १०:५५

१८ माघ, काठमाडौँ । सडक पूर्वाधारमा पहिलो सुरुङमार्ग र ‘ओभरफ्लाइ’ बनाउने काम अघि बढाउने तयारी थालिएको छ । सडक यातायातमै नयाँ मानिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणस्थलमा आवश्यक तयारी अघि बढेको हो ।

चीनियाँ निर्माण कम्पनीले माटो सम्याउने, आवश्यक सामग्रीको व्यवस्थापन, जनशक्ति ल्याउने लगायतका काम अघि बढाएको सडक विभागले जनाएको छ ।

कम्पनीले अहिले आयोजना स्थलसम्म पुग्ने पुहँच सडक निर्माण सुरु गरिसकेको सडक विभाग विकास समन्वय महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाले बताए ।
यसै आयोजना अन्तर्गत काठमाण्डौंतर्फ बलम्बुसम्म दुई दशमलव पाँच प्रतिशत र धादिङतर्फ ५०० मिटर सडक निर्माण हुँदैछ ।

आयोजना हेर्ने गरी क्याम्प कार्यालय निर्माण र निर्माणस्थललाई पर्खालले घेर्ने काम भइसकेको उनले बताए ।

प्रतिक्रिया