बिहीबार, वैशाख १३, २०८१

एपिएफ राष्ट्रिय पुरुष भलिबलको फाइनलमा

नेपालखोज २०७६ माघ ९ गते १९:४८

सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एनभिए राष्ट्रिय पुरुष क्लब च्याम्पियनसीप भलिबलको फाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्डहलमा आज भएको सेमिफाइनल खेलमा एपिएफले आर्मीलाई ३–० को सेटले पराजित गर्दै फाइनलमा पुगेको हो ।

एपिएफले आर्मीलाई २५–२२, २५–२२ र २६–२४ ले पराजित ग¥यो । नेपाल भलिबल सङ्घ (एनभिए) को आयोजना तथा राष्ट्रिय वाणिज्य बैंक (आरबिबी) को मुख्य प्रायोजनमा जारी प्रतियोगिताको विजेताले रु दुई लाख तथा उपविजेताले रु एक लाख प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा तेस्रो हुने टोलीले रु ५० हजार प्राप्त गर्नेछ ।

प्रतिक्रिया