बुधबार, वैशाख २६, २०८१

टाइगर र जैकी श्राफ पहिलोपटक एउटै चलचित्रमा देखिदै

नेपालखोज २०७६ माघ १० गते ८:१२

मुम्बाई । अभिनेता जैकी श्राफ र उनका छोरा टाइगर श्राफ अब एकै पर्दामा देखिने भएका छन् । टाइगर श्राफको हिट चलचित्र ‘बागी ३’ मा अब जैकी श्राफ पनि देखिने भएका हुन् ।

भारतीय मिडियाका अनुसार सोमबारदेखि जैकी पनि चलचित्रको छायांकनमा देखिने छन् । खबरका अनुसार जैकी र टाइगरलाई पहिलो पटक चलचित्रको पर्दामा ल्याउने काम निर्माता साजिद नाडियाडवालाले गरेका हुन् ।

साजिदका अनुसार लामोसमयदेखि निर्माताहरू जैकी र टाइगरलाई चलचित्रको पर्दामा ल्यान प्रयासरत रहे पनि अन्ततः आफ्नो चलचित्रको स्क्रिप्टले यो असम्भव भएको बताए ।

रियल लाइफ बाबु छोरा जैकी र टाइगर रिल लाइफमा पनि बाबुछोराकै भूमिकामा हुन् छन् । चलचित्रमा टाइगरका साथै रितेश देशमुख पनि जैकीका छोराको भूमिकामा देखिने छन् । अहमद खानको निर्देशनमा बनेको ‘बागी ३’ ६ मार्चमा रिलिज हुँदैछ ।

प्रतिक्रिया