बुधबार, वैशाख १२, २०८१

दीपिका र रणवीरमा कसको कमाई धेरै ?

नेपालखोज २०७६ पुष ४ गते ९:१३

एजेन्सी । बलिउड कपल रणवीर सिंह र दीपिका पादुकोण धेरैको मन पर्ने कलाकार मध्येका हुन् । दुवैजना बलिउडमा उत्कष्ट करियर भएका कलाकार हुन् ।

इण्डिया पत्रिका फोब्र्सले सार्वजनिक गरेको टप १०० सेलिब्रिटीजको लिष्टमा रणवीर र दीपिका दुवैले स्थान बनाएका छन् । तर, यसपटक अघिल्लो वर्ष भन्दा धेरै फरक नतिजा आएको छ ।

अघिल्लो वर्ष दीपिका पादुकोणको नाम सबैभन्दा धेरै कमाउने १०० जना मध्ये टप पाँचमा थियो र रणवीरको ८ नम्बरमा थियो । तर एकै वर्षमा रणवीर दीपिका भन्दा अघि देखिएका छन् ।

सन २०१९ को लिस्टमा रणवीर सिंहको रैंक ७ नम्बरमा पुगेको छ भने दीपिकका १० नम्बरमा झरेकी छिन् । हुन त रणवीर एक नम्बर मात्रै अघि बढेका छन् तर दीपिका चार नम्बरबाट झरेर १० मा पुगेकी छन् ।

प्रतिक्रिया