सोमबार, वैशाख १७, २०८१

जो इन्टिमेट सीनका कारण फिल्मबाट आउट भए

नेपालखोज २०८० भदौ २० गते १६:२२

काठमाडाैं । फिल्महरूमा चुम्बन वा इन्टिमेट सीनहरू सामान्य भैसकेका छन् र यी दृश्यहरू धेरै वर्षदेखि चलचित्रको एक हिस्सा हुन् । यद्यपि बलिउडमा यस्ता धेरै कलाकार छन् जो पर्दामा बोल्ड दृश्य दिने मामिलामा टाढै रहन्छन् यहि कारणले उनीहरूले धेरै फिल्म छोड्नुपरेको छ ।

हिजोआज फिल्म, सिरियल तथा वेब सिरिजहरुका कन्टेन्ट धेरै बोल्ड भएका छन् । फिल्ममा चुम्बन वा इन्टिमेट सीन सामान्य भैसकेका छन्। कतिपय स्टारहरु यस्ता दृश्य गर्दा धेरै कुरा सोच्छन् भने कोही आफ्नो करियर अघि बढाउन यस्ता दृश्यहरु गर्न तयार हुन्छन् । इन्डस्ट्रीमा केही यस्ता स्टार छन् जसले पर्दामा इन्टिमेट सीन दिन अस्वीकार गरेका थिए जसका कारण उनीहरुले त्यो फिल्म नै गुमाउनुपरेको थियो । हेरौं ती बलिउड स्टारहरूलाइ जो क्यामेराका अगाडि बोल्ड हुनबाट जोगिएका छन्।

करिना कपुर

फिल्म ‘बदतमीज दिल’ पहिले करिना कपूरलाई अफर गरिएको थियो । तर जब उनलाई थाहा भयो कि उनको विपरित इमरान खान छन् र उनीसँग लिप-लक गर्नुपर्नेछ त्यसपछि उनले यो फिल्मबाट हात झिकिन् ।

ऐश्वर्या राय बच्चन

फिल्म ‘कर्पोरेट’ बिपाशा बसुको सट्टा ऐश्वर्या रायलाई अफर गरिएको थियो तर ऐश्वर्याले यो फिल्ममा इन्टिमेट सीन गर्न अस्वीकार गरिन जसका कारण फिल्म उनको हातबाट गुम्यो ।

कंगना रनौत

फिल्म ‘द डर्टी पिक्चर’ पहिले कंगना रनौतलाई अफर गरिएको थियो । बोल्ड दृश्यका कारण कंगनाले यो फिल्म अस्वीकार गरिन् । त्यसपछि यो फिल्म विद्या बालन कहाँ पुग्यो ।

प्राची देसाई

अभिनेत्री प्राची देसाईले ठूलो बजेटको फिल्ममा जोन अब्राहमसँग लिपलक सीन गर्न अस्वीकार गरेकी थिइन् ।

सलमान खान

सलमान खान फिल्ममा लिपलक वा इन्टिमेट सीन दिनबाट जोगिँदै आएका छन् । यस्तो अवस्थामा उनको हातबाट कैयौं फिल्महरु गुमेका छन् भने उनी आफैंले धेरै फिल्म अस्वीकार गरेका छन् ।

चित्रांगदा सिंह

फिल्म ‘बाबुमोशाई बन्दूकबाज’ मा चित्रागन्दा सिंहले अभिनेता नवाजुद्दीन सिद्दिकीसँग इन्टिमेट सीन गर्नुपर्ने थियो । त्यस लाइ उनले अस्वीकार गरिन् । त्यतिबेला यो विषयलाई लिएर निकै हंगामा भएको थियो ।

प्रतिक्रिया