शुक्रबार साँझ हुने भनिएको ओली-प्रचण्डबीचको भेटवार्ता स्थगित
नेपालखोज
२०७६ माघ १० गते १६:२०
काठमाण्डौ । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच आज हुने भनिएको भेटवार्ता प्रधानमन्त्रीको व्यस्तताका कारण स्थगित भएको छ ।
चितवनको नवलपुर पुगेका प्रचण्ड त्यहाँको कार्यक्रम छोट्याएर राजधानी आउने कार्यक्रम थियो । आज ४ बजे भेटघाट हुने समय तय भएतापनि प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण दुई नेताबीचको बैठक भोलिक विहान १० बजेका लागि सारिएको छ ।
ओली–प्रचण्डबीच नेकपाको केन्द्रीय कमिटी बैठक, राष्ट्रिय सभाको निर्वाचन परिणाम र उपसभामुख निर्वाचन आदिबारे छलफल हुने कार्यसूची थियो ।
सम्बन्धित
प्रतिक्रिया