शुक्रबार, चैत १६, २०८०

व्यवसायमा भूमिका खोज्दै महिला पर्यटन व्यवसायी

नेपालखोज २०७६ माघ १२ गते १३:३१

१२ माघ, पोखरा । पोखराका पर्यटन व्यवसायी महिलाले व्यवसायमा आफ्नो भूमिका खोजी गर्दै छलफल चलाएका छन् ।

महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले आइतवार आज आयोजना गरेको ‘पर्यटन व्यवसायमा महिला अवसर र चुनौती’ विषयक अन्तरक्रियामा व्यवसायी महिलाले व्यवसायलाई सफल बनाउन कसरी अगाडि बढ्ने र व्यवस्थापकीय जिम्मेवारी कसरी बहन गर्ने भन्ने विषयको छलफलमा जुटेका हुन् ।

मिडिया एड्भोकेसी ग्रुपका संस्थापक अध्यक्ष वरिष्ठ पत्रकार बबिता बस्नेतले सामाजिक रुपान्तरणमा अग्रसर महिलाले पछिल्लो समय व्यवसायमा सफल हुँदै गएको धारणा राखे । उनले व्यवसायमा महिला आउँदा सामाजिक संरचनालाई झन् बलियो बनाएर आर्थिक समृद्धिको आधार बनाउने भएकाले निर्णयसहितको अधिकार महिलालाई दिनुपर्नेमा जोड दिए ।

होटल ल्यान्डमार्कका सञ्चालक एवं संस्थाका उपाध्यक्ष पार्वती पाण्डेले व्यवसायमा आबद्ध महिलाले आफ्ना कतिपय समस्या राख्ने फोरम नहुँदा सानासाना कुरालाई पनि मनमा नै राख्दा मानसिक समस्यासमेत भोग्नु परेको बताइन् ।

कार्यक्रममा ४० पर्यटन व्यवसायी महिलाको सहभागिता रहेको सहसचिव ममता न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया