मंगलबार, असार २४, २०८२

सभामुख सापकोटा विरुद्ध प्रदर्शनमा उत्रेका मानव अधिकारकर्मी प्रहरी नियन्त्रणमा

नेपालखोज २०७६ माघ १३ गते १४:५८

काठमाडौँ । १२ जना मानवअधिकारकर्मी पक्राउ परेका छन् । निषेधित क्षेत्र तोड्न खोजी राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । १२ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी उमेश लम्सालले जानकारी दिए ।

पक्राउ पर्नेमा चरण प्रसाईं, पूर्णिमाया लामा, एमएम आचार्य, जनक राउत, एलिना गौतम, निराजन थपलिया, विपीन बुढाथोकी, शंकर राजन कुइँकेलसहित १२ जना    छन् । सभामुखमा अग्नि सापकोटा निर्वाचित भएको विरोधमा मानवअधिकारकर्मीले प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया