शुक्रबार, वैशाख ७, २०८१

आज र भोली धेरै ठाउँमा पानी र हिउँ पर्ने सम्भावना

नेपालखोज २०७६ माघ १५ गते ७:५३

१५ माघ, काठमाण्डौ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज बुधबार र भोली बिहीबार देशका धेरै ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज र भोली धेरै ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले बताए ।

पूर्वको तुलनामा मध्य र पश्चिमको धेरै ठाउँमा पानी पर्ने र पश्चिमी उच्च हिमाली भेगमा भारी हिमपात पनि हुने महाशाखाले जनाएको छ । तर लगातार झरीको सम्भावना भने कतै पनि नरहेको मौसमविद् पौडेलले बताए ।

आज बुधबार मध्य र पूर्वको मौसम दिउँसो एकैछिन खुल्दै बादल लागेर थोरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् पौडेलले जानकारी दिए ।
यस्तै आज राति धेरै ठाउँमा पानी पर्नुका साथै हिमपात पनि हुने अनुमान गरिएकोछ । आउँदो शुक्रबारदेखि भने मौसम खुल्दै जाने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया