लग्जेम्बर्गका विदेशमन्त्री दुईदिने नेपाल भ्रमणमा आउँदै
नेपालखोज
२०७६ माघ १५ गते ९:३२
१५ माघ, काठमाडौँ । लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्न नेपालको दुईदिने औपचारिक भ्रमणका लागि बुधबार आज काठमाडौँ आउँदै छन् । आजै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग उनले परराष्ट्र मन्त्रालयमा द्विपक्षीय वार्ता गर्नेे कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री ज्ञवालीले विदेशमन्त्री एसलवर्नको सम्मानमा दिवा भोजको आयोजना गरेका छन् । आजै लग्जेम्बर्गका तर्फबाट नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ औँ वार्षिकोत्सवको अवसरमा यहाँ एक विशेष कार्यक्रम आयोजना हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार भोली उनले शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।
सम्बन्धित
प्रतिक्रिया