शनिबार, असार २, २०८१

सोह्र महिनापछि क्यान्सर अस्पतालमा अध्यक्ष

नेपालखोज २०७६ माघ १५ गते १८:५६

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले १६ महिनापछि अध्यक्ष पाएको छ । मन्त्रिपरिषद्को यही माघ १३ गतेको बैठकले अध्यक्षमा डा निर्मल लामिछानेलाई नियुक्त गरेको हो । लामिछाने सोही अस्पतालमा वरिष्ठ मूत्ररोग विशेषज्ञका रुपमा कार्यरत छन् । उनी अस्पतालका उपनिर्देशक भएर काम गर्दै आएका छन् ।

विसं २०७५ असोज ३ गतेदेखि अस्पतालको अध्यक्ष पद रिक्त थियो । तत्कालीन अध्यक्ष प्रकाशराज न्यौपानेको कार्यकाल सकिएसँगै अस्पताल नेतृत्व विहीन भएको थियो । यसअघि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अस्पताल सञ्चालक समितिको अध्यक्षता गर्दै आएका थिए ।

प्रतिक्रिया