आज विहिबार विष्णु भगवानको पुजा गर्नुहोस । यस्तो छ तपाईको आजको भाग्य हेर्नुहोस ।
विष्णु भगवान र उनका अवतारहरूको पुजा गरिने दिन विहिबार हो। पुजाको सामग्रीमा दूध र घ्यू समावेश गर्नुपर्दछ। व्रत बस्नेहरूले एकछाक दूग्धपदार्थ खानुपर्दछ। अधिकांश व्रतालुहरूले यस दिन श्रीमद्भागवत पुराण पनि पाठ गर्दछन्।
आज १६ माघ २०७६ बिहिवार को राशिफल
मेष
स्वास्थ्यमा खर्च बढ्नेछ । यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।
मिथुन
आज नयाँ कर्यको सुरुवात गर्न सकिनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।
सिंह
आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । सहकर्मीबाट विरोध आउला । नियमित खर्चसमेत बढ्ने योग छ ।
तुला
शुभारम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । धार्मिक कार्यमा सहभागी भईनेछ ।
धनु
स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । साझेदारी काममा उल्झन आउनेछ । बन्न लागेको काम विग्रिनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ ।
कुम्भ
धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।
बृष
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइलेपनि राम्रै सहयोग जुटाउनेछन् । कहीँ–कतैबाट कुनै उपहार प्राप्त होला ।
कर्कट
महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । आर्थिक एवं व्यावसायिक क्षेत्र सुदृढ रहनेछ ।
कन्या
ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ ।
बृश्चिक
भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ ।
मकर
भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । घरमा अतिथीको आगमन हुनेछ ।
मीन
रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला । – ज्यो.प. नारायणप्रसाद दुलाल
प्रतिक्रिया