शनिबार, जेठ ५, २०८१

सञ्चार मन्त्रीकै कारण पत्रकारले परिक्षा दिनु नपर्ने भो

नेपालखोज २०७६ माघ १६ गते १४:००

काठमाडौं । सञ्चार क्षेत्रमा जति नै विवाद देखिए जस्तो गरे पनि अन्ततोगत्वा सञ्चार मन्त्री गोकुल वाँस्कोटा कै कारण पत्रकारले परीक्षा दिनु नपर्ने भएको छ ।

तीन दिनअघि विधायन समितिको बैठकले पत्रकारले काउन्सिलमा परीक्षा दिएर लाइसेन्स लिनुपर्ने प्रतिवेदन तयार पारेर राष्ट्रियसभालाई बुझाएको थियो ।

पत्रकारलाई परीक्षा दिने व्यवस्था मिडिया काउन्सिल विधेयकमा राख्न नहुने अडान सञ्चारमन्त्री गोकुल बास्कोटाले समेत राखेका थिए । तर, नेकपाकै सांसदहरुको जोडबलमा परीक्षासम्बन्धी प्रावधान पारित भएको थियो ।

यद्यपी राष्ट्रिसभाको विधायन समितिले पारित गरेको पत्रकारको परीक्षासम्बन्धी प्रावधानलाई राष्ट्रियसभाले हटाउने गृहकार्य थालेको छ । अब परीक्षासम्बन्धी दफालाई हटाएर मात्र मिडिया काउन्सिल विधेयक प्रतिनिधिसभामा पठाइने भएको छ ।

प्रतिक्रिया