शनिबार, जेठ ५, २०८१

प्रधानमन्त्रीबाट शहीदप्रति श्रद्धाञ्जलि अर्पण

नेपालखोज २०७६ माघ १६ गते १५:०२

काठमाडौं । लैनचौरस्थित शहीद स्मारक पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा गठित शहीद सप्ताह मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले ज्ञातअज्ञात शहीदप्रति पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

शहीद सप्ताहलाई भव्य रुपमा मनाउनका लागि महानगरपालिकाले बिहान ८ः३० बजे शान्तिबाटिका रत्नपार्कबाट शुरु गरेको थियो । प्रभातफेरीमा सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोलीको सहभागितामा बिहान ९ बजे शहीद स्मारक पुगेको थियो ।

प्रतिक्रिया