मंगलबार, माघ १, २०८१

उदयपुरमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

नेपालखोज २०७७ जेठ ३१ गते १४:४६

उदयपुर । उदयपुरमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणोन्मुख देखिएको अबस्थामा पुन १० जनामा कोरोना पुष्टि भएको छ । दुई दिनमा २ महिलासहित उदयपुरमा १० जना कोरोना संक्रमित भेटिएको हो ।

Advertisement

उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्के बाहेकका ठाउँमा संक्रमितहरु देखिने क्रम जारी छ । शुक्रबार आएको रिपोर्टमा बेलका नगरपालिकामा ३ जनामा संक्रमण पुष्टि भएको हो । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुबेदीका अनुसार भारतबाट आएर क्वारेन्टिनमा राखिएका बेलका नगरपालिका–९ का २ तथा बेलका नगरपालिका–३ का १ गरी ३ जनामा संक्रमण पुष्टि भएका हुन् ।

संक्रमित यवाहरु ३६, २२ र ३२ वर्षका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । बेलका नगरपालिका–९ का संक्रमितहरु दिल्लीबाट आएका हुन् भने ३ नं। का युवा कैलालीको गौरीफन्टा नाका भएर नगरपालिका भित्रिएको नगरपालिकाले जनाएको छ ।

त्यसैगरी बेलका नगरपालिका– ३ कै सप्तकोशी किनारा एबिसी टप्पुमा २ ९दम्पति० र चौदण्डीगढी नगरपालिका– ५ शिवाईका १ पुरुष संक्रमित भेटिएका थिए । उनीहरु पनि भारतकै मेघालय (कोईला खानी) बाट फर्केको बताइएको छ ।

नगर प्रमुख दुर्गाकुमार थापाले ९ नं. का संक्रमितहरु भारतको दिल्लीबाट नेपाल भारत सीमास्थल सिराहाको लौकही ठाडी भएर नगरपालिका भित्रिएको बताए । १० जनाको टोली ठाडी आईपुगेको जानकारी पाएपछि उनीहरुलाई नगरपालिकाले उद्धार गरी गत २२ गते ठाडी पुगेर उद्धार गरी क्वारेन्टाईनमा राखेको हो ।

त्यस्तै गौरीफन्टा नाका भएर आएका ३ नं। वडाका युवा सहित ८ जनालाई जेठ १९ गते उद्धार टोलीले नगरपालिका भित्याएको नगर प्रमुख थापाले बताए । यो सँगै बेलकामा संक्रमितको संख्या ५ पुगेको छ ।

बिहीबार मात्र त्रियुगा जनता क्याम्पस मोतिगडाको क्वारेन्टिनमा रहेका मध्ये त्रियृुगा नगरपालिका– १० का दिदीभाइ र कटारी नगरपालिका– १ बेलसोत क्वारेन्टिनका १ जनामा संक्रमित पुष्टि भएका थिए भने उदयपुगढी गाउँपालिका– ५ का १ जनामा संक्रमण पाइएको थियो । नयाँ संक्रमितहरु सबैलाई शुक्रबारै कोरोना अस्पताल लाने तयारी भईरहेको छ ।

प्रतिक्रिया