प्रभु बैकले ल्यायो वैदेशिक रोजगारी कर्जा
नेपालखोज
२०७६ माघ १६ गते १५:४७
काठमाडौं । नयाँ नयाँ योजनाका साथ आफ्ना ग्राहकहरुको सेवा गर्दै आईरहेको प्रभु वैकले प्रदेश नं. २ लाई लक्षित गरी बैदेशिक रोजगारी कर्जाका रुपमा नयाँ योजना सार्वजनिक गरेको छ ।
बैकले ल्याएको बैदेशिक रोजगारी कर्जा योजना प्रदेश नं. २ का मुख्य मन्त्री लालबाबु राउतले जनकपुरबाट शुरु गरेका हुन् । प्रदेश नं. २ भित्रका बारा, पर्सा, रौतहट, सप्तारी र सलाही गरी पाँच जिल्ला लक्षित गरी सो योजना प्रभु वैकले ल्याएको छ ।
प्रभु बैंक लिमिटेडले ल्याएको सो योजनामा वैदेशिक रोजगारीमा गएका कामदारहरुले विदेशबाटै कर्जा भुक्तानी गर्न पाउन सुविधा उपलब्ध गराइएको छ ।
प्रवासी कामदार र उनीहरको परिवारको वित्तीय पहूँच अभिवृद्घि गर्ने उदेश्यले युके एड र नेपाल सरकारको सहकार्यमा वैदेशिक रोजगारी कर्जा सञ्चालन गरेको प्रभु वैकले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया