शनिबार, वैशाख १५, २०८१

नेकपा केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल सकियो

नेपालखोज २०७६ माघ १६ गते १८:५९

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी केन्द्रीय कमिटीको बैठकमा समूहगत छलफल सकिएको छ । यसअघि अध्यक्ष तथा महासचिवले प्रस्तुत गरेको प्रतिवेदनमाथि समूहगत छलफल भएको थियो ।

बैठकमा १५ वटा छुट्टाछुट्टै समू्ह बनाएर राष्ट्रिय सभागृह, पार्टी मुख्यालय धुम्बाराही तथा पेरिसडाँडामा छलफल भएको थियो । समूहगत छलफलमा प्रत्येकमा २९ जनाको सहभागिता रहेको थियो भने सचिवालयका नेताहरुले उक्त समूहगत छलफलमा सहभागिता जनाएका थिएनन् ।

समूहका तर्फबाट समूह नेताले सबै सदस्यले राखेका धारणा टिपोट गरेर शुक्रबारको पूर्ण बैठकमा प्रतिवेदन प्रस्तुत गर्नुपर्ने विधि सचिवालयले बनाएको छ।

समूहगत छलफलमा प्रतिवेदनमा नसमेटिएका विषयवस्तुहरु पनि सदस्यहरुले उठाएका छन्। सबै समूहमा एमसीसीको विषय उठेको नेताहरुले बताएका छन्। एमसीसी सम्झौता अनुमोदन गर्दा केही बुँदाहरु परिमार्जन गरेरमात्रै अनुमोदन गर्नुपर्ने धारणा सदस्यहरुले राखेका छन्। यस्तै महिला सहभागिता, मधेस, जनजाति, मजदुर लगायतका मुद्दाहरु पनि सदस्यहरुले उठाएका छन्।

प्रतिक्रिया