ताप्लेजुङ कलाकार कल्याणकारी कोषका लागि पर्यटनमन्त्री भट्टराईद्वारा ३ लाख सहयोग गर्ने घोषणा
नेपालखोज
२०७६ माघ १७ गते १६:४५
काठमाण्डौ । ताप्लेजुङ कलाकार कल्याणकारी कोष स्थापनाका लागि आयोजित ताप्लेजुङ साँझको पर्यटन मन्त्री योगेश भट्टराईले आज उद्घाटन गरेका छन् । राजधानीस्थित प्रज्ञा भवन कमलादीमा आयोजित उक्त कार्यक्रममा कलाकारहरु राजेश पायल राई, मेलिना राई, मनोज गजुरेल, अशोक लोहरुङ राई लगायतले सांगितिक प्रस्तुती गरिरहेका छन् ।
ताप्लेजुङका कलाकारको व्यावसायिकता र स्वास्थ्य उपचारमा सहयोग गर्ने उद्देश्यले ताप्लेजुङ कलाकार कल्याणकारी कोष स्थापना स्थापना गर्न लागिएको हो । उक्त कोषका लागि मन्त्री भट्टराईले ३ लाख सहयोग गर्ने घोषणा गरे । यस्तै मन्त्री भट्टराईले ताप्लेलुङका पत्रकारहरुका लागि सहयोग गर्न स्थापना गरिएको अक्षय कोषमा २ लाख सहयोग गर्ने घोषणा गरे ।
सम्बन्धित
प्रतिक्रिया